रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

Monday December 2, 2024

पढ्न लाग्ने समय :


रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइन्छ ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट