राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ। उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घूसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ ।

उक्त रकम भक्तपुरको थिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले अधिकारीसहित घूस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाउँदै कानुनबमोजिम कारबाहीको माग गरेको छ ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश