राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैनः अध्यक्ष दाहाल

Friday October 18, 2024

पढ्न लाग्ने समय :


प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताउनु भएको छ । नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हिच्किच्याउन नहुने अध्यक्ष दाहालको दाबी थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले धनी पुँजीपतिहरुलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभुति पनि सुनाउनु भयो । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरु, धनि पुँजीपतिहरु हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रनसक्ने अवस्था नरहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीसँग साधन स्रोतको कमी भएर पनि होइन । अध्ययनशील जनमतको जनशक्तिको भएर पनि होइन । विजनेश अनुभव भएका त्यस्ता इन्टरप्रिनियरहरुको कमी भएर पनि होइन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्नसकेको छैनौं भन्दा ओभर पोलिटिलाईजेशननै पोलिटिकल इन्स्टाबिलिटी नै त्यसको केन्द्रमा आउँछ भनेर हामी हिच्किचाउन हुँदैन भन्ने मलाई लाग्छ । जबसम्म हामीले यो स्थितिको अन्त्य गर्न सकिदैन, तबसम्म हामीले हाम्रो साधनस्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन । मैले विभिन्न फोरमहरुका बहसमा भाग लिने गरेको छु । खासगरी प्राइभेट सेक्टरले आयोजना गरेका त्यस्ता कार्यक्रमहरुमा हामी कहाँ समस्या माईनसेटको छ भन्ने गरेको छु मैले । हामी राजनीतिक नेतृत्वको दिमागमा या व्युरोक्रेटिक नेतृत्वको दिमागमा पनि व्यवसायीहरु, धनि पुँजीपतिहरु स्वामीजीले भनेजस्तै हामी उनीहरुलाई सही मान्छे भनेर ठान्दैनौं । उनीहरु गलत मान्छे भनेर नै ठान्छौं । त्यो माईनसेट छ । र, यो माईनसेटले गर्दा हामीले हामीसँग भएको पोटेन्सियलको जसरी सदुपयोग गर्नुपर्दथ्यो, त्यो सदुपयोग गर्न सकिरहेका छैनौं भने मुख्यतः पोलिटिकल लिडरसिप र व्यूरोक्रेटिक लिडरसिपको माईनसेट नबदलिँदासमेत विसनेट कम्युनिटीमा पनि कहीँ न कहीँ कानून तोडनेतिर, राज्यका नीतिनियमहरु फलो ग¥योभने तयो साध्यै छैन भनेर त्यसलाई उलंघन गर्नेतिर उद्यत हुने प्रवृत्ति विगतमा देखा नपरेको होइन । त्यसकारण यहाँ हामीले मुख्यतः हाम्रो माईनसेट बदल्ने, कल्चरल्ली हामीले आफूलाई एउटा नयाँ ठाउँमा उभ्याउनुपर्ने आवश्यक्ता छ । त्यसकारण अघि मैले भनेजस्तौ बिरालो सेतो र कालो जे भएपनि मुसा मार्नु प¥यो भनेको हामीले अपनाउने हाम्रा नीतिहरुको सहीपना यो ठिक छ वा छैन भन्ने कुरा त्यसले दिने परिणाममा आधारित हुनुप¥यो । त्यसले सकारात्मक परिणाम दिएको छ, जनतालाई रोजगारी सृष्टि गर्न मद्दत गरेको छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन मद्दत गरेको छ, उत्पादन वृद्धि गर्न मद्दत गरेको छ, त्यो सही नीति हो ।’ 

अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको