राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो ।

सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४०  जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए । “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको छ”, उनले भने, “पहिलो चरणमा हामीले ४० जग्गाधनीको निवेदन सङ्कलन गरेका छौँ, यो क्रम नियमितरूपमा अगाडि बढ्नेछ ।”

प्रदेश पूर्वाधार प्राधिकरणद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरणका लागि पहिलो चरणमा उनीहरूबाट सो निवेदन सङ्कलन गरेको हो । राप्ती–२ मा करिब ६५ बिघा जग्गा छनोट गरी कार्य अघि बढाइएको छ ।

उनका अनुसार जग्गा एकीकरणका लागि वडाको प्रत्येक टोलबाट निवेदन सङ्कलन गरिनेछ ।  लामो समयदेखि राजधानी क्षेत्रको जग्गा फुकुवा नहुँदा स्थानीय वासिन्दा समस्यामा पर्दै आएका थिए ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ