राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो ।

सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४०  जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए । “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको छ”, उनले भने, “पहिलो चरणमा हामीले ४० जग्गाधनीको निवेदन सङ्कलन गरेका छौँ, यो क्रम नियमितरूपमा अगाडि बढ्नेछ ।”

प्रदेश पूर्वाधार प्राधिकरणद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरणका लागि पहिलो चरणमा उनीहरूबाट सो निवेदन सङ्कलन गरेको हो । राप्ती–२ मा करिब ६५ बिघा जग्गा छनोट गरी कार्य अघि बढाइएको छ ।

उनका अनुसार जग्गा एकीकरणका लागि वडाको प्रत्येक टोलबाट निवेदन सङ्कलन गरिनेछ ।  लामो समयदेखि राजधानी क्षेत्रको जग्गा फुकुवा नहुँदा स्थानीय वासिन्दा समस्यामा पर्दै आएका थिए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको