रञ्जिताको प्रष्टीकरण: पार्टीको विवादले रेशम चौधरीसँग डिभोर्स हुँदैन

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र परिवार अलग-अलग भएको भन्दै पार्टीको विवादले पारिवारिक जीवनका कुनैपनि असर नगर्ने प्रष्ट पारेकी छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर बाहिरिनेक्रममा सो कुरा बताएकी हुन् ।

सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’

नाउपामा पछिल्लो समय रञ्जिता र पूर्व सांसद रेशम चौधरीबीचको विवाद बढ्दो रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागीताको विषयलाई लिएर सुरु भएको विवाद साम्य भएको छैन् । विवाद बढ्दै जाँदा कतिपयले रेशम र रञ्जिताको डिर्भोस हुन लागेको हल्ला फिँजाएका थिए ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको