यू–१६ महिला मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित
पढ्न लाग्ने समय :
भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलको नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलले हरायो । भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेल २/२ तथा उगेन सोमोले १ गोल गरिन् । नेपालकी सबिना तामाङले १ गोल गरिन् । यस्तै नेपाल र भुटानका १९ वर्षमुनिको मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुँदैछ ।