मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइनः प्रधानमन्त्री ओली

पढ्न लाग्ने समय :

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको बतउनु भयो । उहाँले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माननीयजीको अर्को प्रश्न छ, विश्वविद्यालयमा मेरिटोक्रेसीबारे। मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’
प्रधानमन्त्री ओलीले अध्यादेशहरु प्रक्रियाबाट पारित हुने बताउनु भयो । उहाँले २० वा २० प्रतिशत भए पुग्नेगरी राजनीतिक दलसम्बन्धी कानून नल्याउने प्रतिवद्धता जनाउनु भयो ।