मेची नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


झापा । मेची नदीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएकोमा भद्रपुर नगरपालिका-५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो।

उनीसँगै अर्का बालक पनि डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेका थिए। वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको