मुस्लिम आयोग र हज कमिटीबीच समन्वय बढाउन सुझाव

Monday May 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा अन्तर धार्मिक सहिष्णुताका लागि मुस्लिम आयोग र नेपाल हज कमिटीबीचको समन्वय प्रभावकारी गराउन सुझाव दिइएको छ ।

समितिको बैठकमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरबमा हजमा पठाउँदा कार्यविधि र आवश्यकताका आधारमा नभई तजबिजीका आधारमा पठाइने गरिएकाले त्यहाँभित्रको अनियमितता छानबिन हुनुपर्ने माग गरे ।

उनले उक्त कार्यक्रममा आयोगलाई कुनै जिम्मेवारी नदिइएकाले समन्वयमा समस्या भएको बताए । सरकारी खर्चमा हज जान तँछाडमछाड हुने हुनाले यस्तो प्रवत्ति रोकिनुपर्ने उनको भनाइ थियो ।

समितिका सभापति किरणकुमार साहले हज कार्यक्रमका सम्बन्धमा विभिन्न गुनासा र समस्या देखिएकाले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेर समितिले निर्देशन दिने जानकारी दिए ।

समितिका सदस्य रोशन कार्कीले अन्तरधार्मिक सहिष्णुताका लागि मुस्लिम आयोगले समय समयमा तालिमलगायका कार्यक्रम सञ्चालन गर्नुपर्ने र हज कमिटीसँग समन्वय बढाउनुपर्ने बताइन् । समिति सदस्य सुशीला श्रीपालीले हज कमिटीमाथि आयोगले निगरानी राख्न पाउने गरी सरकारलाई निर्देशन दिन माग गरिन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको