मुलुकको अर्थतन्त्र सुधार उन्मुख छः सरकार

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


मुलुकको अर्थतन्त्र सुधार उन्मुख रहेको अर्थ मन्त्रालयले बताएको छ । आईतवार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा सुधार भएको जानकारी दिएको हो । मन्त्रालयले अर्थतन्त्रको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाका तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रका प्राय सबै सूचकहरु सुधार हुँदै गएको हो । पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको र आयात  ७.१ प्रतिशतले बढेको बताउनु भयो । उहाँले पछिल्लो ६ महिनाको अवधिमा कुल निर्यात ९८ अर्ब ७९ करोडको निर्यात र ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जानकारी दिनुभयो ।

उहाँले पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको र कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको बताउनु भयो । प्रवक्ता भट्टराईले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको दाबी गर्नुभयो । उहाँले सरकारको खर्च भने १७.८ प्रतिशतको वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो यो अवधिमा निक्षेप संकलन ३.३ प्रतिशतले बढेको बताउनु भयो । उहाँले निजी क्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको भन्दै  कुल कर्जा वृद्धि भने ४.४१ प्रतिशत रहेको जानकारी दिनुभयो । चालुआर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको उल्लेख गर्नु भयो । उहाँले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटको हालसम्म ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको बताउनु भयो । अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा सरकारको राजस्व १२.७ प्रतिशतले बढेको, खर्च १७.८ प्रतिशतले बढेको, वित्तीय संस्थामा २ खर्ब ११ अर्बले निक्षेप संकलन बढेको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना