मुलुकको अर्थतन्त्र सुधार उन्मुख छः सरकार

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


मुलुकको अर्थतन्त्र सुधार उन्मुख रहेको अर्थ मन्त्रालयले बताएको छ । आईतवार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा सुधार भएको जानकारी दिएको हो । मन्त्रालयले अर्थतन्त्रको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाका तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रका प्राय सबै सूचकहरु सुधार हुँदै गएको हो । पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको र आयात  ७.१ प्रतिशतले बढेको बताउनु भयो । उहाँले पछिल्लो ६ महिनाको अवधिमा कुल निर्यात ९८ अर्ब ७९ करोडको निर्यात र ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जानकारी दिनुभयो ।

उहाँले पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको र कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको बताउनु भयो । प्रवक्ता भट्टराईले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको दाबी गर्नुभयो । उहाँले सरकारको खर्च भने १७.८ प्रतिशतको वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो यो अवधिमा निक्षेप संकलन ३.३ प्रतिशतले बढेको बताउनु भयो । उहाँले निजी क्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको भन्दै  कुल कर्जा वृद्धि भने ४.४१ प्रतिशत रहेको जानकारी दिनुभयो । चालुआर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको उल्लेख गर्नु भयो । उहाँले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटको हालसम्म ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको बताउनु भयो । अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा सरकारको राजस्व १२.७ प्रतिशतले बढेको, खर्च १७.८ प्रतिशतले बढेको, वित्तीय संस्थामा २ खर्ब ११ अर्बले निक्षेप संकलन बढेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको