मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था

Friday August 18, 2023

पढ्न लाग्ने समय :


मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

पछिल्लो समय तराईमा  देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको  छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल  व्यवस्था नरहेको बताए ।

जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताए । उनले भने “एन्टिस्नेक भेनम  र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ । जिल्ला अस्पतालमा आउने सर्पदंशका  बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको ।”

उनका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् । छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गरे । उनले भने“ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने