मुख्यमन्त्री शाहले वन अधिकृतबाट पाँच लाख घुस मागेको आरोप

Tuesday March 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाँच लाख रुपैयाँ घुस मागरेको कर्मचारीले आरोप लगाएका छन्। मुख्यमन्त्री नै कार्यवाहक रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका कर्मचारीले मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाएका हुन्।

डिभिजन वन अधिकृत कृष्ण भट्टले मुख्यमन्त्री शाहलाई आर्थिक सहयोग नगरेका कारण तीन पटक सरुवा गरिएको कर्मचारीले बताएका छन्। उनले भने, ‘पाँच लाख घुस नदिएका कारण मेरो तीन पटक सरुवा गरियो। यस्ता भ्रष्टले प्रदेश हाँकेर हुन्छ ? गलत मनसायले तीन पटक सारिएको छ। गलत मनसाय राख्ने ? मलाई तीन पटक सारिए। साउन ३०, मंसिर २६ गते र पुस ११ गते। सहयोग गर्नुस भन्नु भयो। पाँच लाख दिन नसकेका कारण मेरो सरुवा गरियो। मैले २ वर्ष एक ठाउँमा बस्नुपर्ने हो। यस्तालाई कारबाही गर्नुपर्छ। यस्तालाई कारबाही गर्नुपर्छ। यस्ता भ्रष्टलाई हटाउनुपर्छ।’ प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले योजनाहरूबाट समेत रकम लिने गरेको आरोप छ।

तर, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मदिरा सेवन गरेर वन अधिकृत भट्टले मनोमानी बोलेको दाबी गरेका छन। छ महिनामा तीन वटा सरुवा गरिएको भन्दै भट्ट सर्वोच्च अदालत समेत पुगेका छन्। तर, प्रदेशका मुख्यमन्त्री शाहले वन अधिकृत कृष्ण भट्टमाथि छानबिनका लागि निर्देशन दिएको बताए। उनले भने, ‘मैले प्रमुख सचिव र वन मन्त्रालयका सचिवलाई कानुनी कारबाहीका लागि भनिसके। कानुनी कारबाहीको प्रक्रिया अगाडि बढेको छ। उहाँहरुले प्रक्रिया पूरा गर्नुर्छ। प्रक्रिया पूरा नगरेर कारबाही गर्न सकिदैन। तर, मैले स्पष्ट रूपमा भनेको छु, मेरो विषयमा सम्बन्धित निकायले छानबिन गरोस।’

मुख्यमन्त्री कमलबहादुर शाहलाई घुस नदिएका कारण डिभिजन वन कार्यालय, धनगढीको प्रमुखबाट आफूलाई हटाएको भट्टले आरोप लगाएपछि शाहले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। कर्मचारी सरुवामा घुस खाने गरेको आरोपछि मुख्यमन्त्री शाहले वन मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए। वन निर्देशक भट्ट नै घुसीया प्रवृतिको कर्मचारी भएको मुख्यमन्त्री शाहको दाबी छ। उनले भने, ‘सत्ये–तथ्य छानबिन विभिन्न निकायहरूले सुरु गरोस। म दोषी भए, मलाई कारबाही होस। हैन भने आरोप लागउने व्यक्तिलाई कारबाही हो। विगतमा पनि उहाँका अडियो, भिडिओहरु पनि आएका छन्। उहाँको विगतका विषयमा पनि तपाइहरू जानकारी हुनुहुन्छ। उहाँले मदिरा सेवन गरेर संवाद गर्नु भएको छ।’

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण तत्कालीन मन्त्री लक्ष्मण किशोर चौधरीले समेत राजीनामा दिएका थिए। आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि चौधरीलाई मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए। सुदूरपश्चिम प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनको अडियो सार्वजनिक भएको थियो। सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो सार्वजनिक भएको थियो।

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते