मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँः वनमन्त्री ठकुरी

Thursday October 24, 2024

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताउनुभएको छ । बिहीवार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको बताउनु भयो । उहाँले कार्बन व्यापारमा निजी क्षेत्रसमेत समावेश गर्नेगरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको, वाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको बताउनु भयो । उहाँले दिगो वन व्यवस्थापनको मापदण्ड तयार गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री ठकुरीले सय दिनको अवधिमा वन विकास कोषमा ६ करोड ५९ लाख ११ हजार २०४.४५ रुपैयाँ जम्मा भएको बताउनु भयो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको