माघ ४ देखि काठमाडौंमा नेपाल वुड,फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

Friday January 3, 2025

पढ्न लाग्ने समय :


माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा  नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि. (इ.टि.एस.पि..एल) को संयुक्त आयोजनामा मेला हुन लोगेको हो । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँकाअनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा सावित हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने बताउनु भयो । १० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी रहने बताउनु भयो ।  अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने बताउनु भयो । १० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिनुभयो । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘माघको ४,५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्निचर एक्स्पो हुँदैछ । यो हाम्रो वार्षिक कार्यक्रममध्येको एक हो । हामी अब नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण गर्न गइरहेका छौँ । नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण बिहान १० देखि बेलुका ६ बजेसम्म हुनेछ । यो प्रदर्शनीमा हाम्रो नेपाली तथा विदेशी गरेर १५० वटा कम्पनीका स्टल रहनेछन् । १० औं संस्करणसम्म आइपुग्दा प्लाइवुड सेक्टर, फर्निचर मेकिङ सेक्टरमा राम्रा राम्रा मेसिनरीहरुलाई नेपालमा ल्यायौँ । आफ्ना मेसिनरी अपडेट गर्ने माध्यमको रुपमा यसलाई राख्यौँ, अहिले नेपालबाट प्लाइवुडहरु इण्डिया एक्सपर्ट भइरहेको छ । टेक्नोलोजी नेपाल भित्र्याउने उपलब्धीका हिसावमा हामी प्रदर्शनीलाई मान्छौँ । ’

प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताउनु भयो । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । प्रदर्शनीमा घर सजावटलाई चाहिने सामग्रीहरु पनि राखिने जानकारी दिनुभयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ