माओवादी केन्द्रको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा प¥यो

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाउनुभएको छ ।  आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गर्नुभयो । उहाँले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रुपमा लिएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो घटनाक्रमले सरकार सुशासनका पषमा छैन र सरकार सम्पुर्ण रुपमा असफल भएको संकेतको रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रसस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । ’
उहाँले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भिरताका साथ लिनुपर्ने बताउनु भयो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान