महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना

Saturday March 8, 2025

पढ्न लाग्ने समय :


उपसभामुख इन्दिरा रानाले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनु भयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरु एकतावद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनु भयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने बताउनु भयो ।


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका