मस्को आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

Monday March 25, 2024

पढ्न लाग्ने समय :


बीबीसी । रुसको राजधानी मस्कोस्थित एउटा कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको ज्यान लिएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अभियोग लागेकामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर एउटा अदालतमा उपस्थिति गराइएको थियो भने चौथो व्यक्ति ह्वील्चेअरमा थिए।

उनीहरु सबैमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको छ । इस्लामिक स्टेट समूह अर्थात् आईएसले गत शुक्रवार क्रोकस सिटी हलमा भएको आक्रमणको जिम्मेवारी लिँदै भिडियो पोस्ट गरेको छ ।

रुसी अधिकारीहरूले कुनै प्रमाण नदिई मस्कोमा भएको उक्त आक्रमणमा युक्रेन संलग्न भएको आरोप लगाएका छन्। युक्रेनले त्यसलाई निरर्थक भनेको छ । रुसले दलेर्जोन मिर्जोएभ, साइदाक्रमी मुरोदाली राचाबालिजोदा, शम्सिदिन फारिदुनी र मुहम्मदसोबिर फायोज नाम गरेका चार जनालाई आतङ्कवादी गतिविधिमा संलग्न भएको अभियोग लगाएको हो ।

भिडियोमा चार जनामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर मास्क लगाएका प्रहरीहरूले अदालत लिएर गएको देखिन्छ। ती सबैको शरीरमा चोटपटक लागेको देखिन्छ ।

मिर्जोएभ र राचाबालिजोदाको आँखा सुन्निएको र वरिपरि कालो डाम भएको अनि कानमा पट्टी बाँधिएको देखिन्थ्यो। उनीहरूलाई पक्राउ गर्दा यातना दिइएको विवरण बाहिर आएका छ ।

अदालतका अनुसार अभियोगबारे सुनुवाइ हुनुपूर्व चारै जनालाई कम्तीमा मे २२ सम्म हिरासतमा राखिने छ । मस्कोको बाहिरी क्षेत्रमा रहेको क्रोकस सिटी हलमा आयोजित रक कन्सर्टमा झन्डै ६ सय मानिस भेला भएको थिए। त्यहाँ भएको आक्रमणको केही घण्टाभित्रै ती चार जनालाई पक्राउ गरिएको थियो । आक्रमणका क्रममा त्यहाँ आगो लागेको थियो र हलको छत पनि खसेको थियो ।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु