मलेसियासँग हारेपनि नेपाली महिला टिम सिरिजको फाइनलमा

Friday August 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । चारदेशीय टी २० महिला क्रिकेट सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । शुक्रबार बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ । फाइनलमा नेपालको भेट हङकङसँग हुने भएको छ । नेपाल, हङकङ र मलेसियाको समान ४ अंक भए पनि रनरेटमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदा मलेसिया जित निकालेर पनि तेस्रो स्थानमा रह्यो ।

यसैगरी एक खेल पनि नजितेको कुवेत चौथो स्थानमा रह्यो । नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल २ ओभर घटाइएको थियो । नेपालका लागि कप्तान रुबिना क्षत्रीले २३ रन बनाउँदा इन्दू बर्माले २० तथा काजल श्रेष्ठले १८ रन बनाइन् । सिता रानामगरले ९ रन बनाउँदा कविता जोशी ४ रनमा नटआउट रहिन् । यसैगरी सम्झना खड्का २, पूजा महतो १, कविता कुँवर १, विन्दू रावलले १ रन बनाए । मलेसियाका लागि अनिना हमिज, माहिरा इस्माइल र नूर समदले दुई दुई विकेट लिए ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना