मलाई धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैनः प्रधानमन्त्री प्रचण्ड

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसलाई कहिले पनि धोका नदिएको बताएका छन् । विश्वासको मत लिनुभन्दा पहिला आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धोकाको आरोप बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने तर कांग्रेसले नमिल्ने बताए ।

‘बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरु र त्यसको मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेसमा जाने । उहाँले लगाउँदा त्यो मिल्दोजुल्दो हुन्छ । कांग्रेसले लगाएर मिल्दैन,’– उनले भने ।

साथै, कांग्रेसले आफूलाई भिलेन बनाउन खोजेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्री बनाएको तथ्य नबिर्सन पनि आग्रह गरे ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि