मन्थली–लुक्ला उडान सुरु

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


मन्थली (रामेछाप) । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।

पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरुले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् ।

पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बुक्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताए । शुक्रबारदेखि उडान सुरु गरेपनि मौसमले साथ नदिएको उनको भनाइ छ ।

आजदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्ययन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताए । मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको