मन्त्रिपरिषद्मा दलित र मुस्लिमको प्रतिनिधित्व नभएको भन्दै जनमतले उठायो प्रश्न

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दलित र मुस्लिम समूदायको प्रतिनिधित्व नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका खानले २२ जना मन्त्री नियुक्त हुँदा पनि एकजना दलित र मुस्लिमले अवसर नपाएका भन्दै सरकारको जवाफ पनि माग गरेका छन् ।

खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको बताए । तर, २२/२५ जनाको मन्त्रिपरिषदमा जना पनि दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु दुःखद रहेको बताए ।

‘म सम्माननीय प्रधानमन्त्रीसँग सोध्न चाहन्छु- के तपाईंले लागू गर्न खोज्नुभएको समानुपातिक समावेशी सिद्धान्त यही हो ?’ उनले प्रश्न गरे ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारमा दलित र मुस्लिमको प्रतिनिधित्व नभएको भन्दै रिपोर्टर्स नेपालले यसअघि नै समचार लेखेको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको