मधेस प्रदेश सभा तत्काल सञ्चालन गर्न जसपा, नेपालको माग

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने भएको छ । जसपाले मधेस प्रदेश सरकारले लामो समयदेखि प्रदेश सभा सञ्चालन नगरेको भन्दै मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो । आईतवार बसेको जसपाको मधेस प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलका नेता लालबाबु राउतले बताउनु भयो । उहाँले लामो समयदेखि प्रदेश सभा बैठक बस्न नसकेको कारण विकास निर्माणदेखि समसामयिक विषय लगायत स्थगित विकास निर्माणका कार्यहरु सम्बन्धमा सदनमा छलफल बहस नितान्त आवश्यक रहेको बताउनु भयो । उहाँले तर मधेस प्रदेश सरकारले लामो समयसम्म सदन राख्न नसकेकाले जसपाले सरकारमा सहभागी विभिन्न राजनीतिक दलहरुको ध्यान आकृष्ट गराउने निर्णय गरेको बताउनु भयो । उहाँले  आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा राखिएका विभिन विकास निर्माणका योजनाहरु हालसम्म सञ्चालन हुन नसकेकाले जनप्रतिनिधिहरूमा निराशा देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लामो समय देखि प्रदेश सभा बैठक बस्न नसकेको कारण विकास निर्माणदेखि समसामयिक विषय लगायत स्थगित विकास निर्माण का कार्यहरु सम्बन्धमा सदनमा छलफल बहस नितान्त आवश्यक देखिन्छ । तर लामो समयसम्म सदन बस्न नसकेकाले बैठक सञ्चालन गर्न सरकार तथा सरकारमा सहभागी विभिन्न राजनीतिक दलहरुको ध्यान आकृष्ट गराउनुको साथै आवश्यक दबाब सिर्जना गर्ने निर्णय गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा राखिएका विभिन विकास निर्माणका योजनाहरु हालसम्म सञ्चालन हुन नसकेकाले जनसमुदाय तथा जनप्रतिनिधिहरूमा निराशा देखिएकोले विनियोजन बजेट अविलम्व सञ्चालन गर्न मधेस प्रदेश सरकारको ध्यान आकृष्ट गराउनका साथै आवश्यक दबाब सिर्जना गर्ने निर्णय गरियो । माननिय साहिदा खातुनमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गर्दै दोषी लाई अविलम्व नियन्त्रणमा लिई मुद्दा दर्ता गरी कानूनी कारवाही गर्न सम्वन्धित निकाय तथा स्थानीय प्रसाशनसँग जोडदार माग गरेका छौं ।’

उहाँले सरकारले विनियोजन बजेट अविलम्व सञ्चालन गर्न मधेस प्रदेश सरकारलाई दबाब सिर्जना गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । उहाँले सांसद साहिदा खातुनमाथि भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै दोषी लाई अविलम्व नियन्त्रणमा लिई कानूनी कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले प्रदेशको बद्नाम गर्नेगरी विकास आयोजनाहरु समेत अगाडि नबढाएको जिकिर गर्नुभयो ।  उहाँले संघीयतालाई समाप्त गर्ने विभिन्न खालका षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको