भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने काँग्रेसको निर्णय

Thursday February 13, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो । उहाँले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताउनु भयो । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो । केही साथीहरुले चुनौती दर्शाउनुभयो तर धेरै साथीहरुले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’

प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि