भ्रष्टाचार नियन्त्रण सरकारबाट मात्रै सम्भव छैनः पुष्पकमल दाहाल

Friday November 15, 2024

पढ्न लाग्ने समय :


प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री, गृहमन्त्री वा सरकार एक्लैबाट भ्रष्टाचार विरोधी अभियान सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो । शुक्रवार काठमाडौंमा सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ को विमोचन कार्यक्रममा बोल्दै उहाँले मुलुकमा भ्रष्टाचार विरोधी नयाँ अभियानको थालनी गर्न जरुरी रहेको उल्लेख गर्दै त्यसको नेतृत्व आफूले गर्न चाहेको पनि बताउनु भयो । अध्यक्ष दाहालले आफूले प्रधानमन्त्रीको रुपमा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरेको र त्यसलाई सफल बनाउने संकल्पका साथ लागि परेको दाबी समेत गर्नुभयो । उहाँले भ्रष्टाचार विरोधी अभियानलाई नयाँ समाजवादी आन्दोलनसँग जोडेर आफूले अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘भ्रष्टाचारलाई निर्मुल गर्नुपर्छ भनेर संकल्पसहित काम शुरु गरेको एउटा प्रधानमन्त्री हुनुको नाताले पनि सामाजिक न्याय चाहिन्छ । समाजिक विभेदको अन्त्य गर्नेतिर राज्यले कदम चाल्नुपर्छ भनेर तपाईहरुले हेर्नुभयो भने चाहे मिटरब्याजीको कुरा होस्, चाहे नागरिकताको कुरा होस् । चाहे सामाजिक सुरक्षा कोषमार्फत सामाजिक न्यायको प्रत्याभुति जनतालाई गराउन प्रयास गरेको नाताले र साथसाथै आर्थिक संकटबाट देशलाई विस्तारै आर्थिक सहजतातर्फ देशलाई लैजाने प्रयास गरेको नाताले पनि म के भन्न चाहन्छु भने भ्रष्टाचारका विरुद्ध अभियान अब हामीले राज्यबाट, एउटा प्रधानमन्त्रीले, एउटा गृहमन्त्रीले, एउटा सरकारले मात्रै गरेर हुनेकुरा छैन । भ्रष्टाचारका विरुद्ध एउटा नयाँ अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ । म त्यसको नेतृत्व गर्न तयार छु । तपाईहरु सबैको साथ, सहयोग आवश्यक छ । र त्यो भ्रष्टाचार विरोधी अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिनुपर्छ भन्ने मेरो भनाई छ । र त्यो समाजवादी आन्दोलन तलैदेखि हाम्रै भूगोल, हाम्रै विशेषतामा, हाम्रै परम्परा र इतिहासका विकास समेत प्रविधि समेतको प्रयोग गरेर आधुनिक आईटीको पनि, हामीले जति डिजिटलाईजेशनबाट पनि सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न मलाई अहिले थोरै पश्चिाताप पनि हुन्छ । मैले जति बेला शान्ति सम्झौतामा आईसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेपछि मैलेमेरो ध्यान त गएको थियो । अव यो परिवर्तनलाई दिगो बनाउने हो भने उत्पादन वृद्धिको महाअभियान चल्नुपर्छ । मैले हेटौडा महाधिवेशनमा उत्पादन ब्रिगेड बनाएर देशभरी उत्पादन अभियान चलाउने त भने । निर्णय पनि गरियो । तर, त्यस अनुसार संरचना, त्यस अनुसारको कार्ययोजना बनाएर फिल्डमा जाने हामीलाई फुर्सद नै भएन । १० वर्षमा त झन्डै संविधान बनाउनेमा नै बित्यो । संविधान बनाउने विवादमा झण्डै देशनै भुमरीमा पर्ने हो कि भन्ने अवस्था आयो । त्यसकारण हामीले उत्पादनमा ध्यान दिन पाएनौं । म तपाईहरुको अगाडि यो मञ्चबाट देशभरीका सबै संविधान पक्षधर, समाजवाद पक्षधर, परिवर्तनका पक्षधर, न्यायका पक्षधरसँग भन्न चाहन्छु–म एउटा नयाँ अभियान शुरु गर्न चाहेको छु–नयाँ समाजवादतिरको यात्रा । नयाँ अभियान, जसले संविधानमा भएका कमीहरुलाई, सीमाहरुलाई विकसित र परिमार्जन गर्दै समाजवादको एउटा नयाँ संस्कृति, नयाँ अर्थनीति, नयाँ राजनीतितिर देशलाई लैजाने मैले जमर्को गरेको छु ।’ 

अध्यक्ष दाहालले आफूले समाजवादको आधार निर्माणका लागि उत्पादन वृद्धिको कार्ययोजना बनाएर अघि बढन नसकेकोमा पश्चाताप लाग्ने गरेको अनुभुति पनि सुनाउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको