भेरी अस्पताल स्तरोन्नति गरिन्छ : मन्त्री बस्नेत

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको  बताए ।

आज भेरी अस्पताल अवलोकनका क्रममा उनले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताएका हुन् ।

मन्त्री बस्नेतले भने,“मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । अझैंँ व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार छ ।”

अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए ।

उनले भने,“एउटै व्यक्ति १५, १६  वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाईएको छ । यो विषयमा व्यवस्थापन समितिलाई सचेत भएर सरुवाको प्रक्रिया अघि बढाउन म आग्रह गर्दछु ।”

गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई आग्रह गरे ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको