भीमदत्त राजमार्ग अवरुद्ध हुँदा अकासियो तरकारीको भाउ

Monday August 14, 2023

पढ्न लाग्ने समय :


बेदकोट । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो ।

एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन सकेको छैन ।

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराइमा तरकारीको मूल्य अकासिएको छ । तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन् । गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन् । हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन् ।

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । ‘आलु ल्याउन सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ’, महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, ‘एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।’

पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ । ‘४० किलोग्रामको आलुका बोरा महेन्द्रनगरमा रु एक हजार सात सयमा पुग्थ्यो, अहिले बोराको रु तीन हजार दुई सय हाराहारी पुगेको छ’, उनले भने, ‘अहिले आलु प्रतिकिलोग्राम रु ८० सम्ममा बिक्री गर्ने गरेका छौँ ।’ बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षित रुपमा बढेको व्यवसायीको भनाइ छ ।

एक साताअघिसम्म प्रतिकिलो रु ४० मा बिक्री भइरहेको बन्दा अहिले रु ६० मा किन्नु परेको महेन्द्रनगरका उपभोक्ता घनश्याम पन्तले बताए। ‘केही दिनयता तरकारीको भाउ अनपेक्षित रुपमा बढेको छ’, उनले भने, ‘काउली प्रतिकिलो रु ५० देखि बढेर रु ७० पुगेको छ ।’ पहाडबाट आउने तरकारी आधा कुहिएको आउने गरेको महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी मानबहादुर पालले बताए ।

‘धेरै दिन लगाएर तरकारी यहाँ आइपुगेको छ, बोरामा तरकारी आधा त कुहिएको आउँछ’, उनले भने,  ‘सडक बिग्रिएकाले पहाडबाट आउने तरकारी नियमित आइरहेको छैन, त्यसैले तुलनात्मक रुपमा भाउ बढेको छ ।’

 


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र