भारतीय चर्चित गायक सोनु निगम नेपालमा
पढ्न लाग्ने समय :
भारतीय चर्चित गायक सोनु निगम नेपाल आइपुग्नु भएको छ । उहा बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो । सो क्रममा उहालाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । सोनुले आजै राति हायात रिजेन्सी होटलको मैदानमा आयोजित सोनु निगम लाइभ इन नेपालमा प्रस्तुति दिँने कार्यक्रम रहेको छ ।
उहाले स्वर दिएका ‘यो जिन्दगीले,उकाली ओराली गर्दै, यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन, कल होना हो, साथिया, अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।