भारतसँग जोडिएका सीमा नाका सिल

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरिएको हो।

सोमवार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्माका लागि सीमा नाकाहरू सिल गरिएको हो। नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ।

आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ।

भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिन्छन्।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार