ब्राण्ड एम्बास्डर बनेपछि म एकदम खुशी छु : महानायक राजेश हमाल

पढ्न लाग्ने समय :

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।
नेपाली चलचित्रका महानायक हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए । सम्झाैताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झाैताको रकम भने खुलाइएको छैन ।