ब्राउन सुगरसहित पाँच जना पक्राउ
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ १३ गते । कैलालीका विभिन्न स्थानबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । उनीहरुको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार करिब सवा आठ बजे धनगढी उपमहानगरपालिका–२ चौराहबाट तीन जनालाई चार दशमलव ४६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २० वर्षीय नसिव रानासहित तीन जना रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गरेको से ४ प १७४५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, बिहीबार नै राती आठ बजेतिर टीकापुर नगरपालिका–५ का २५ वर्षीय रवि चौधरीलाई १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । इलाका प्हरी कार्यालय टीकापुरका अनुसार रविको कोठाबाट करिब तीन ग्राम चरेश समेत बरामद भएको छ । बिहीबार नै राती साढे ११ बजे धनगढी–१३ लक्ष्मीनगरबाट ३२ वर्षीय रामजीवन रानालाई १६० मिलिग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको छ ।