बैतडीमा जिप दुर्घटना

Sunday June 21, 2026

पढ्न लाग्ने समय :


बैतडीः बैतडीको सिगास गाउँपालिका–२, धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सु.प.प्र ०१–००१ च। ४०२८ नम्बरको जिप दिउँसो करिब साढे १२ बजेतिर दुर्घटनामा परेको हो। सिगासको बल्लेझुडामा यात्री पु¥याएर गान्जरीतर्फ फर्किँदै गरेको जिप उकालो चढ्ने क्रममा ब्याक भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिप अनियन्त्रित भई पछाडि सर्दै सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटना हुनअघि चालकले हामफालेर ज्यान जोगाएका थिए। दुर्घटनामा जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
जिपमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सिगास गाउँपालिका–२, खोल्टेका ३३ वर्षीय चालक गगनसिंह धामी सामान्य घाइते भएका छन्। उनको थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यसअघि शुक्रबार मात्रै बैतडीको शाहीलेक क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए। लगातारको सवारी दुर्घटनापछि पहाडी सडकमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक