बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


म्याग्दी ।  जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।  निरन्तरको पहिराका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताए ।

“अन्नपूर्ण गाउँपालिकाको दाना खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ । फगाममा रहेको दुई केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर मुनिबाट गुइठेमा ठूलो पहिरो खसेको छ”, उनले भने, “पहिरो पन्छाउने क्रममा सडक विभागका लोडर अपरेटर र चालक घाइते भएका छन् । जोखिम रहेकाले करिब एक साता बेनीदेखि दाना भएर अत्यावश्यक काममा बाहेक यात्रा नगरिदिनुहुन अनुरोध गरिएको हो ।”

निरन्तरको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक मर्मत गरी सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए ।

“पाँच दिनको प्रयासमा बुधबार यातायात खुलाएका थियौँ”, उनले भने, “गुइठेमा सडकमाथिको भिरबाट निरन्तर पहिरो खसिरहेको छ । ठूलाठूला ढुङ्गा खसिरहने भएकाले पहिरो नरोकिँदासम्म त्यहाँ डोजर र मजदुरमार्फत मर्मत गर्न जोखिम छ ।”

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागाईं डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल, अजय स्याङताङ, सुभर भाइजर इन्द्रसिंह शेरचनलगायतको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुइँठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै दर्जन बढी ठाउँमा पहिरो खसेको छ । गुइठेभिरको पहिरोले फगामको डाँडामा रहेको प्रसारण लाइनको टावर जोखिममा परेको छ ।

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको आयोजना प्रमुख प्रजापतिले बताए ।

सडक अवरुद्ध हुँदा जलथले र दाना क्षेत्रमा सवारी साधन रोकिएका छन् । यात्रुहरू दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका छन् ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट