बुसानको विमानस्थलमा रहेको विमानमा आगलागी

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार स् यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । अग्नि नियन्त्रण अधिकारीहरूले सियोलबाट लगभग ३२० किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उडेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए ।

सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो । तीन जना घाइते भएको बताइएको छ । योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको देखिएको बताएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ