बुढानिलकण्ठ बैठकको निष्कर्ष: कोशीमा केदार कार्कीको विकल्प छैन्

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

बिहीबार सभापति देउवाको निवासमा मुख्यमन्त्री कार्की, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा, गगन थापा तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंलासहितका नेताहरु देउवा निवासमा पुगेका थिए ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ ९५० अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले-माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ । यता प्रतिपक्षीमा रहेका नेपाली कांग्रेसको २९ र राप्रपाका सभामुखसहित ६ सांसद रहेका छन् ।

अंकगणीतका आधारमा प्रदेश सरकार सजिलै परिवर्तन हुने देखिएपनि संवैधानिक संकटकाच कारण दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कांग्रेसको निष्कर्ष छ ।

 


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको