बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु

Wednesday November 27, 2024

पढ्न लाग्ने समय :


बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो । बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनु भयो । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनु भयो । अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि