बिजेपीद्वारा ७२ उम्मेदवारको दोस्रो सूची सार्वजनिक

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


भारतीय जनता पार्टी (बिजेपी) ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ ।

बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ । यसअघि उहाँले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्नेछन् ।

कर्नाटकमा पार्टीले धारवाडबाट केन्द्रीयमन्त्री प्रह्लाद जोशीलाई उठाएको छ । कर्नाटकका पूर्वमुख्यमन्त्री बसवराज बोम्मईलाई हावेरी लोकसभा सिटबाट टिकट दिइएको छ । महाराष्ट्रमा बिजेपीका केन्द्रीयमन्त्री नितिन गडकरीलाई नागपुर सिटबाट निर्वाचनमा उतार्ने निर्णय गरिएको छ । पीयुष गोयल मुम्बई नर्थबाट निर्वाचन लड्नेछन् ।

बिजेपीले उत्तराखण्डको दुई सिटमा पनि उम्मेदवारी घोषणा गरेको छ । पार्टीले उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई हरिद्वार सिटबाट मैदानमा उतारेको छ । भाजपाका राष्ट्रिय मुख्य प्रवक्ता अनिल बलुनी गढवाल सिटबाट निर्वाचन लड्न तयार छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको