बासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या

Friday November 22, 2024

पढ्न लाग्ने समय :


नदी तथा खोलाहरुको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् । विश्व मस्त्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले पछिल्लो समय प्राकृतिक रुपमा खोला तथा नदीमा पाउने माछाहरु लोप हुँदै गएको बताए । उनीहरुले खोला तथा नदीहरुमा जलविद्युत उत्पादन लगायत पानी कटानको कारण माछाहरुको बासस्थान मासिएको बताएका हुन् । त्रिभूवन विश्व विद्यालय प्राणीशास्त्र केन्द्रिय विभागका अध्यापक सन्तोषी श्रेष्ठले माछाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको बताउनु भयो । उहाँले माछाहरु लोप हुनुको प्रमुख कारण बासस्थान मासिनु रहेको बताउनु भयो । उहाँले पछिल्लो समय माछाको खोला, नदीको बासस्थान मासिँदै गएको उल्लेख गर्दै नेपाली माछाहरु हुने खोला तथा नदीहरुमा पछिल्लो समय पानी नभएको बताउनु भयो । उहाँले माछाहरुको प्रजननका लागि आफ्नै बासस्थान हुने भएपनि बासस्थान बिगँ्रदै गएकाले नेपाली माछा लोप हुँदै गएको बताउनु भयो । उहाँले नदीको दोहन जलविद्युत आयोजनाहरु भएको बताउनु भयो । उहाँले जलचरहरुको संरक्षणको लागि जलविद्युत उत्पादन आवश्यकतालाई हेरेर लक्ष्य निर्धारण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘माछाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको छ । लोप हुनुको प्रमुख कारण भनेको बासस्थान मासिनु हो । पछिल्लो समय माछाको बासस्थान मासिँदै गएको देख्नसक्छौं । एक दुई वर्षमा थाहा नभए पनि १० वर्षमा देखिन्छ । नेपाली माछाहरु हुने खोला नदीहरुमा पछिल्लो समय पानी छैन । माछाहरुको प्रजनन गर्नको लागि आफ्नै बासस्थान हुन्छ । तर त्यो बासस्थान बिग्रँदै गएको छ । माछा लोप हुनुको अर्को कारण नदीहरु दोहन पनि हो । नदीको दोहन जलविद्युत आयोजनाहरु पनि हुन् । हाइड्रोपावर बनाउनुपर्छ । विद्युत आवश्यक छ तर कति विद्युत आवश्यक छ कहाँ खपत गर्ने भनेर निश्चित गर्नुपर्छ । नदीहरुमा विद्युत उत्पादन गर्दै गर्दा नदीमा भएका जलचरहरुको लागि बाटो बनाउनुपर्छ । एउटा नदीमा कतिवटा हाईड्रो पावर बनाउने हो त्यो पनि मापदण्ड बनाउनुपर्छ । कर्णालीमा हाईड्रो पावर ड्यामहरु बनेको छैन । माछा लोप हुँदै जाँदा माछा संरक्षणमा समस्या पैदा भएको छ ।’

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले २५२ प्रजातिका माछामध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइने बताउनु भयो । उहाँले नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनु भयो । उहाँले नेपाल माछामा आत्मनिभर जस्तै रहेको भन्दै करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट आयात हुने गरेको बताउनु भयो । उहाँले ९५ प्रतिशत मुलुकभित्रै उत्पादन हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘२५२ प्रजातिका माछा मध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइन्छ भनिन्छ । नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन गर्छौं । करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट उत्पादन गरेर ल्याउनुपरेको छ । ९५ प्रतिशत मुलुकभित्रै उत्पादन छ । अब उत्पादन वृद्धिमा लाग्ने र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिने हो भने धेरै उत्पादन हुनेछ । तर जलाशयहरु मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने देखिन्छ ।’

उहाँले नेपाली माछा उत्पादन वृद्धिमा लाग्न र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले जलाशयहरु मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि