बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्दार कार्य जारी

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली सेनाले, बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा खोज तथा उद्दार कार्य चलिरहेको जनाएको छ ।

मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजारका स्थानीयहरुको घरमा थुप्रिएको लेदो हटाई बस्न योग्य बनाउने प्रहरीको प्रयास जारी रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त स्थानमा अवरुद्ध खानेपानी आपूर्ती सूचारु गर्न ८०० मिटर पाईप जडान गरी बस्तीसम्म पानी ल्याउने र विद्युत प्राधिकरणसँगको समन्वयमा विजुलीको पोल गाड्ने काम पनि भईरहेको सेनाले जनाएको छ ।

साथै उपल्लो मुस्ताङ जाने विदेशी तथा स्वदेशी नागरिकहरुलाई सहजिकरण गर्ने कार्य समेत गरिएको बताइएको छ ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र