बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


गोरखा । त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ । गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए ।

त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

“धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ”, उनले भने, “त्रिशूली नदीमा पानीको बहाव अझै पनि अत्यधिक माथि रहेकाले विस्तृत मर्मत शुक्रबारदेखि सुरु गर्न कठिन भएपछि शनिबारदेखि मर्मत सुरु गर्न लागिएको हो ।”

“बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुङ्गे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पुर्याएको थियो ।  बाढीले पुलमा क्षति पु¥याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ । झोलुङ्गे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन् ।

 


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना