बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जङ्गलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते साउदलाई उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको बताए ।

भिरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए । जिल्लामा बर्सेनि भिरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको