बाजुराबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

Thursday May 21, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीमा सुत्केरी हुन आएकी नेपालीको गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार कोल्टी आधारभूत अस्पतालमा गर्भवतीको अवस्था थप जटिल भएको पत्र आएपछि महिला, बालबालिका मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
गर्भवतीको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातार छ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको र यौनीबाट लगातार पानी बगीरहेकाले रिफर गरिएको कोल्टी आधारभूत अस्पताल कोल्टीले जनाएको छ ।
दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा