बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


मनहरि । बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको  छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो । विगत डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न नसक्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार गरेको सो विधेयक मन्त्रालयमै अड्किएर बसेको छ ।

मन्त्रालयले प्रदेशसभा आह्वान भएलगत्तै मन्त्रिपरिषद् बैठकमा पेस गरेर स्वीकृत गर्ने र त्यसपछि संसद्मा विधेयक दर्ता गर्ने तयारी गरेको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार विधेयक तर्जुमाका सम्पूर्ण काम पूरा गरी क्याबिनेटबाट स्वीकृति लिन बाँकी रहेको छ ।

विधेयक संसद्बाट पारित नभएसम्म किसान परिचयपत्र र न्यूनतम समर्थन मूल्यलगायत व्यवस्था अड्किएको उनको भनाइ थियो ।

यता प्रदेस सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने योजना समेतअघि सारेको छ । सो योजना कार्यान्वयनका लागि पनि कार्यविधि निर्माण गरिए पनि कानुनी समस्याका कारण सो योजना अघि बढ्न सकेको छैन ।

त्यस्तै ऐन नबन्दा बीउ पुँजी कोष स्थापना तथा कार्यान्वयन, कृषि उत्पादनको क्षतिबापत राहत वितरण, बजारीकरणलगायत योजना पनि अघि बढ्न सकेको छैन । यसैगरी कृषि परिषद् गठन, खाद्य सुरक्षा समिति गठन, एकद्वार प्रक्रियाबाट गैरसरकारी संस्थाको परिचालनलगायत काम समेत रोकिएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको