बागमतीमा सवारी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

Thursday August 24, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ।

काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ।

उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

ट्याक्सी भाडा पनि बढेको छ। सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।

काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम  भएको छ।

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको