बलात्कारको मुद्दा लगाउने श्रीमतीसँगै कलाकार रवि ओडले डिर्भोसको मुद्दा हारे

Monday May 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : गायक तथा कलाकार रवि ओडले जिल्ला अदालत कञ्चनपुरबाट सम्बन्ध विच्छेदको मुद्दा हारेका छन् ।
ओडले श्रीमतीसँग छुट्टिएर अलग बस्ने निर्णय लिदै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।
तर, अदालतले भने श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ । न्यायाधिश सुर्यप्रसाद भण्डारीको एकल इजलाशले उक्त मुद्दाको अन्तिम सुनवाई गर्दै दुई जनाबीच सम्बन्ध विच्छेद नहुने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले रविको मुद्दामा न्यायाधिश भण्डारीको इजलाशले श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको बताएका छन् ।
तर, फैसलाको पूर्ण पाठ आउन भने समय लाग्नेछ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका रवि ओडकी श्रीमतीले उनीविरुद्ध यसअघि जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् ।
सो मुद्दामा भने अदालतले रविको पक्षमा फैसला गरेको थियो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले २० चैत २०८० मा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

सुरुमा पाँच लाख धरौटीमा छुटेका रविलाई २०८१ को असारतिर अदालतले सफाई दिएको थियो । ओड नेपाल आइडल सिजन–२ का विजेता भएका थिए ।

त्यसपछि कलाकारिताको क्षेत्रमा उदाएका रविले धेरै गित गाएका छन् भने धेरै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् ।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा