फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायोः मुख्यमन्त्री सिंह

Monday February 10, 2025

पढ्न लाग्ने समय :


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानूनी अधिकारीहरूले कानूनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोगको बर्दिबास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले नेपालका विभिन्न ऐन तथा कानूनका कारण प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मानपत्रसहित नगद प्रदान गर्नुभयो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान