प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयोः रक्षामन्त्री मानवीर राई

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताउनुभएको हो । उहाँले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताउनु भयो । उहाँले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताउनु भयो ।
उहाँले – ‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्योभित्र हेलिकप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरुले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकप्टर बस्न सक्छ कि सक्दैन रु सानो हेलिकप्टर कि ठूलो हेलिकप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने रु हेलिकप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतित भएको । त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकप्टर कहाँ आउने रु कतिजना मान्छे छ रु कुन खालको वृद्धवृद्धा, घाइते छन् रु सजिलो भयो । स्थानीय तहको ठुलो भुमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु रु कुन टोलमा छु भन्नेसम्म विपद्मा परेका मान्छेहरुले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’

उहाँले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिनुभयो ।

 


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको