प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


धनगढी । कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ।

बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीवार बिहान पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए।

थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको