प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


धनगढी । कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ।

बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीवार बिहान पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए।

थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको