प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा तिब्रता दिन एकजुट भएर अघि बढ्ने

Friday January 17, 2025

पढ्न लाग्ने समय :


संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ । शुक्रवार सिंहदरबारमा  भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताउनु भयो । उहाँले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताउनु भयो । उहाँले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं । सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं । विषेशगरी प्रतिपक्ष र हामी चार वटा दलहरुका प्रमुख सचेतकहरुको मुख्यतया संसदमा विचाराधिन विधेयकहरुका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल ग¥यौं । र लामो समयसम्म सरकारले संसदमा विधेयक दिने र संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई अगामि दिनमा कसरी अगाडि बढाउन सक्छौं । अगामि दिनमा सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भुमिका खेल्ने हो ? हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने ? यी लगायतका विषयमा हामीले छलफल ग¥यौं । आम रुपमा हाम्रो आजको बैठकको निश्कर्ष भनेको संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुग्यौैं ।’

बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनुहुन्थ्यो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको