प्रधानसेनापति शर्मासँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ ।

तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो ।

उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए । काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

जङ्गी अड्डामा भएको उनीहरुबीच शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ ।

चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान