प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत, पक्षमा १५७ सांसदको समर्थन

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा उपस्थित कूल सांसद २६८ मध्ये विश्वासको मतको पक्षमा १५७ र विपक्षमा ११० सांसदले मतदान गरेका थिए भने १ सांसद तटस्थ रहे ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत दलका र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका हुन् ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि